दफा ५७
विद्युतीय माध्यमको प्रयोग गर्न सक्ने
उद्योग दर्ता गर्ने निकायले यस ऐन बमोजिम उद्योग प्रशासन सम्बन्धी तोकिए बमोजिमका काम कारबाहीलाई सरल र सहज बनाउन विद्युतीय कारोबार सम्बन्धी प्रचलित कानून बमोजिम विद्युतीय माध्यमबाट सम्पादन गर्न सकिने गरी आवश्यक व्यवस्था गर्न सक्नेछ।